भारतीय सिमानामा सवारी साधनको आवागमन अवरुद्व भएको प्रति ईशनाथ नगर प्रमुख काैशल्या देवीद्वारा दुख:व्यक्त

    
भारतीय सिमानामा सवारी साधनको आवागमन अवरुद्व भएको प्रति ईशनाथ नगर प्रमुख काैशल्या देवीद्वारा दुख:व्यक्त

प्रेमचन्द्र झा
पुस २२ गते रौतहट । इशनाथ नगरपालिकाका मेयर कौशल्या देवी सिन्हाले भारतीय सिमानाकाबाट सवारी साधनको आवागमन अवरुद्व भएकोमा दुख: व्यक्त गरेकि छिन । नगर प्रमुख सिन्हाले सोमबार आफनो कार्यकक्षमा पत्रकारहरुसंग कुरागर्दै हाम्रो नगर क्षेत्रमा सिमानाकाबाट सवारी साधन आवागमन बन्द रहेका कारण ठुलो समस्या भोग्नु परेको बताईन ।

सिमानाकाबाट रोकिएको सबारी आवागमन बारे सामाजिक संजालमा जसरी प्रचारप्रसार भईरहेका छन त्यो कुरा संग मेलखाने गतिविधि सिमानाकामा नभएको नगर प्रमुख सिन्हाले प्रष्ट पारिन ।आफनै नगरबाट सिधै भारत जान आउन सहज थियो तर कसले  गाैर भएर मात्र यातायात  जान्छ भन्ने प्राबधान ल्याएर किन जनतालाई दुख दिदै छन आफु बुझन् नसकेको सिन्हाले बताईन ।

सवारी साधन बन्द भएका कारण स्थानीय प्रशासन प्रति जनता आक्रोशित हुँदै गएको ईशनाथ नगरपालिका- ४ लतमरीका समाजसेवी किशोरी साहले बताए । जबजब नेपालमा केपी शर्मा ओली प्रधानमन्त्री हुन्छ त्यो बखत कुनै न कुनै बखेडा  गरि मधेशका जनता खास गरी सिमानाका जनताले समस्या भोग्नु परेको समाजसेवी साहले आरोप लागाइन ।

सवारी साधन नेपालका तर्फबाट रोकिएकोमा नेकपा एमालेका जिल्ला ईन्चार्ज अजय गुप्ताले दुख व्यक्त गरेका छन । समाधान भई सकेको समस्या पुन: के कति कारणले शुरु भएको हो त्यस बारे बुुुझ्ने छु ईन्चार्ज गुप्ताले भने ।

नेकपा एकीकृत समाजवादीका नेता रेवन्त झाले पुर्ववत भारतीय सिमानामा आवागमन सुचारु नगरिए सरकारको बिरुद्व आन्दोलनको आंधीबेहरी ल्याउने चेताबनी दिएका छन । साथै नेता झाले गाैर भन्सार कार्यालय र सशस्त्र प्रहरी कार्यालयलाई जनतालाई दुख नदिन आग्रह समेत गरेका छन ।

सिमाक्षेत्रमा भारतबाट आउने तथा नेपालबाट भारत जाने सवारीको आवागमनमा भएको समस्या समाधानका लागि स्थानिय जनप्रतिनिधि तथा नागरिक समाजले स्थानीय प्रशासनसंग पटक पटक छलफल र ज्ञापन पत्र बझाए पनि उपलब्धि हुन नसकेको इशनाथ नगरपालिकाका पूर्वमेयर संतोष मेहताले  बताए ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आवागमन सहज तुल्याउने विषयलाई लिएर जिल्ला स्थित सुरक्षा समितिमा छलफल भएको बताए । सशस्त्र प्रहरी बल राैतहटका प्रमुख बिक्रम हुमागाईले माथिल्लो निकायबाट स्पष्ट निर्देशन नआई पुर्ववत आवागमन सुचारु गराउन नसकिने बताए ।

यस घटना पछि जिल्लाका नेताहरुले पटक पटक गरेको सर्व पक्षिय बैठक तथा स्थानीय प्रशासन मार्फत सम्बन्धित निकायलाई गराएको ध्यानाकार्षणले निश्प्रभाब सावित भएका हुन ।