सिराहाको बिष्णुपुर गाउँपालिका उपाध्यक्ष सिंहद्वारा पालिकाको गाडी तोडफोड

    
सिराहाको बिष्णुपुर गाउँपालिका उपाध्यक्ष सिंहद्वारा पालिकाको गाडी तोडफोड

काठमाडौ । सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छिन । समयमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिको बा.२ झ ३६४३ नम्वरको सरकारी स्कोरपीयो गाडी तोडफोड गरेकी हुन ।

उपाध्यक्ष सिंहले पालिकाको स्कर्पिओलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढाोकाको सिसा फूटाएको चालक बाबुनाथ यादवले  बताए ।  कार्यक्रममा जान ढिला लिन आएको झोकमा उनले गाडी तोडफोड गरेकी हुन ।  अध्यक्ष र उपाध्यक्षले एउटै गाडी चढ्दै आएको छन ।

गाउँपालिकाले अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई गाडीको सुबिधा दिए पनि उपाध्यक्षलाई गाडी सुविधा दिएको छैन । कार्यालयको एउटा सरकारी स्कर्पिओ अध्यक्ष  र प्रशासकीय अधिकृत भाडाको गाडीमा चढ्दै आएका छन । उपाध्यक्ष भने आफ्नो निजी मोटरसाइकलमा हिड्ने गरेकी छिन ।