रौतहटका मिटर ब्याजी महतोको तिक्डममा प्रशासनको साथ पटेल परिवारको बिल्लीबाठ

    
रौतहटका मिटर ब्याजी महतोको तिक्डममा प्रशासनको साथ पटेल परिवारको बिल्लीबाठ

प्रेमचन्द्र झा
राैतहट । रौतहटको वृन्दावन नगरपालिकामा मिटर ब्याज पीडित निर्मला कुमारी परिवारको बास सडकमा हुने भएको छ । घरयासी ब्यवहार मिलाउन साहु राम सुरेश महतोसग लिएको जम्मा एक लाख रुपैयाँका कारण १३ जनाको परिबार बर्बादीमा पुगेको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटको रोहवरमा २०८० साल अषाढ २७ गते सावा, ब्याज गरी पाच लाख ७० हजार तिर्ने भनि गरेको सहमति ढाकछोप गरेर हरेक बर्ष ब्याजको स्याज बनाउनाले उक्त रकम ठूलो बन्दा पीडितहरु बर्बादिमा परेका हुन ।

वृन्दावन नगर पालिका वडा नम्बर ६ कि निर्मला कुमारीले २०७७ सालमा दुई वर्ष आगाडीकै मितिको तमासुक बनाई गरुडा नगरपालिका- १ का साहु राम सुरेस महतोसंग एक लाख रुपैयाँ प्रति दिनको एक हजार ब्याजमा कपाली तमसुकमा ल्याप्छे लगाई लिएकी थिइन ।

महतोले उक्त रकमको व्याज, ब्याजको स्याज सावा रकममा जोडदै तिन लाख ७० हजार पुर्याएका थिए । तर बदमास
साहु महतोको जालझेलले केही समय पछि निर्मला कुमारीको जेठाे छोरा मुकेस कुमार पटेल सग ३ लाख ७० हजारबाट बढाएर एकै पटक ६ लाखको कपाली तमसुक गराउन सफल भए । उनले ६ लाखको तमसुक गराएको एक बर्ष बित्न नपाउदै मुकेश स्वयम र भाई सुवोध पटेललाई १०/१० लाखको चेक काटन बाध्य बनाए ।

चेक काटेका पटेल दाइभाई नै नेपाल सरकारका शिक्षक हुन । गरिब परिवारका उनिहरुले खाने गुजारा गरेको जागिर बापतको तलब साहु मततोको बदमासीका कारण ब्याज असुल्न भन्दै उनैले लिन थाले । महतोले पटेल दाजु भाइलाई फकाएर काट्न लगाएको चेक बाउन्स गराए, चेक अनादरको केसमा अदालतमा मुद्वा दिई दुख दिए । प्रशासनको आडमा अत्याचार गरिरहे तर पटेल परिवारको पीडा सुन्ने कोही भएन ।

बदमासी साहु महतोले सुरुमा आमा निर्मलाको नाममा बनेको कापाली तमासुक पनि च्यातेको थिएन, कराेना महामारीको प्रकोप लगत्तै आमाको नाममा महतोले फेरी उनन्तीस लाखको तमासुक जबर्जस्ती बनाउन लगाए । छोराहरुको नाममा रहेको १०/१० लाख बराबरको तमासुकको दाबी बिगोमा अदालतमा मुद्वा दर्ता गरे । चेक अनादरमा मुद्वा गरि शिक्षकको तलब आउने खाता राेक्का गराई दिए । खाता रोक्का गरे लगत्तै उनले पटेल परिवारबाट ९ लाख लिन सफल भए ।

अत्याचारको शृङ्खला जारी राखेका उनलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय ईलाका प्रहरी कार्यालयले कयौ पटक छलफलको लागि उपस्थित हुन लिखित आग्रह गरे पनि उनि प्रशासनलाई अटेर गरेर उपस्थित भएका छैनन । उल्टै उनले हर्षाहामा निर्मला कुमारीको नाममा रहेको दुई कठ्ठा घडेरी पनि उन्नतिस लाखे तमासुकको बलमा लिलामी गराउने प्रपन्च रचेका छन ।

पिडित पटेल परिवारले राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई महतोको ज्यादतीका घटना बारे जानकारी गराएका छन । प्रजिअ रेग्मीले आफुहरुलाई न्याय दिलाउने आश्वासन दिएका कारण केही राहत मिलेको उनिहरुले बताएका छन ।

उता मिटर ब्याज पिडित संघर्ष समितिका जिल्ला अध्यक्ष शिवशंकर साहले प्रहरीले आर्थिक प्रलोभनमा परेर महतोलाई पक्राउ नगरेको आरोप लगाउदै संघर्ष समिति आफैले पक्राउ गरेर प्रहरी समक्ष बुझाउने चेतावनी दिएका छन ।
( पिडित मुकेश कुमार पटेल र सुबोध कुमार पटेलसंगको कुराकानीमा आधारित)