युबराज पहाडी
काठमाडौं । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी प्रहरी निरीक्षक बिनुकुमारी शाहीले बलात्कारको एउटा मुद्वामा लाखौँ घुस लिएको आरोप लागेको छ । बलात्कार सम्बन्धि उजुरीमा मिलापत्र गराए बापत लाखौं घुस लिएको आरोप लागेको हो । ललितपुर परिसरले उनी विरुद्ध छानबिन थालेको छ ।
स्रोतका अनुसार बलात्कार मुद्दा चलाउने भन्दै एक व्यक्तिलाई पक्राउ गरी आर्थिक चलखेलमा मिलापत्र गराएकी थिइन् । करिब २० लाख रुपैयाँ लेनदेनमा उक्त मुद्वा मिलापत्र भएको र त्यसमध्ये आधा रकम इन्स्पेक्टर शाहीले बुझि लिएको प्रारम्भिक छानबिनमा पुष्टि भएसगै उनलाई बिभागीय कारबाही गरी छानबिन गर्ने उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
शाही यस अगाडी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत रहेका बेला थुनुवा माथि ज्यादती, आर्थिक चलखेल गरेको लगायतका घटनामा मुछिएकी थिइन् । इन्स्पेक्टर शाही प्रहरी सङ्गठनमा धेरै बिबादास्पद छिन ।