नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संसदीय मामिला बिभागमा सदस्य थप गरेका छन । देउवाले आज गोबिन्द बहादुर शाह अध्यक्ष रहेको बिभागमा १० जना सदस्य थपेका हुन । उनले पार्टीको बिधान २०१७(संसोधन सहित) को धारा २५(९) बमोजिम मनोनीत गरेका हुन ।
मनोनीत हुनेहरुमा महेश सिंह कठायत, बासु कार्की, टेकबहादुर कुवर, लाक्पा शेर्पा, नरेन्द्र शाह, अस्मिता लामा, जेत शाह, धनबहादुर गिरी, माधब पाण्डे र मोहन सुनार छ्न । सदस्यमा मनोनीत हुनेमध्ये धनबहादुर गिरी चम्पादेबी गाउँपालिका ओखलढुंगाका नेता हुन । युबा ब्याबसायी गिरी सामाजिक क्षेत्रमा सक्रिय छन ।