एमाले कोशी प्रदेश झापाका सांसद राधाकृष्ण खनालद्वारा निर्बाचन जिताए छोराको सहकारीले अनियमितता गरेको रकम तिर्ने कबोल: झण्डै दुई करोड हिनामिना विरुद्ध उजुरी

    
एमाले कोशी प्रदेश झापाका सांसद  राधाकृष्ण खनालद्वारा निर्बाचन जिताए छोराको सहकारीले अनियमितता गरेको रकम तिर्ने  कबोल: झण्डै दुई करोड हिनामिना विरुद्ध उजुरी

विराटनगर । प्रहरीले झापाको शिवसताक्षी नगरपालिका ३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका शेयर सदस्य तथा बचतकर्तालाई उजुरी दिन सार्वजनिक सूचना टाँस गरेको छ । नेकपा एमालेका कोशी प्रदेश सांसद राधाकृष्ण खनालका पुत्र तथा सहकारीका अध्यक्ष सुमन खनालका विरुद्धमा पीडित नन्दप्रसाद सुवेदीसहित २० जना बचतकर्ताहरुले बचत गरेको रकम संस्थाका पदाधिकारी तथा व्यवस्थापक समेतले हिनामिना, गरी ठगी गरेको भन्दै उजुरी दिएका हुन ।
ठगीमा संलग्न सुनम खनाल झापा क्षेत्र नम्बर ४(१)बाट निर्वाचित एमालेका सांसद राधाकृष्ण खनालका पुत्र हुन् । २०७९ साल मंसिरमा निर्वाचन हुनु पूर्व उम्मेदवार बनेका खनालले आफ्नो छोराले गरेको अनियमितताको जिम्मा लिँदै रकम फिर्ता गर्नका लागि मलाई जिताउनु ‘तपाईंहरुको पैसा डुब्दैन, मैले जितेभने पैसा म फिर्ता गर्छु’ भनेका थिए । तर, निर्वाचन जितेको यतिका समय बितिसक्दा पनि रकम फिर्ता नपाएपछि पीडितहरुले बाध्य भएर उजुरी दिएका हुन् ।
सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाले शनिबार सार्वजनिक सूचना जारी गर्दै उक्त सहकारीबाट ठगीमा परेका अन्य शेयरधनी तथा बचतकर्ताहरु भए सहकारीमा बचत गरेको पासबुक, नागरिकताको प्रतिलिपि सहित कागजातहरु लिएर प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो । प्रहरी कार्यालय झापाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जारी गरेको सूचना शिवसताक्षी नगरपालिकाको कार्यालय, सहकारीको कार्यालयमा समेत टाँस गरिएको छ ।
उक्त सहकारीका अध्यक्ष खनालले बचतकर्ता र शेयर सदस्यहरुको एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिबेदनको बारेमा खनालले भनेका छ्न ‘प्रतिबेदनमा भनेजस्तो ठगी भएको छैन । ऋण लगानी भएको छ । ८०–८२ लाख जति रकम अहिले अभाव भएको हो । ऋण उठाएर तिर्न सक्छौं ।
यसअघि २०८० साल फागुन २४ गते अध्यक्ष खनाल आफैंले तमसुक बनाएर २ महिनाभित्र सबै रकम र हर हिसाब बुझाउन सही छाप गरेका थिए । उन्नति बचत तथा ऋण सहकारी संस्था लि.को शेयर र बचत खातामा सदस्यहरुले जम्मा गरेको रकम हर हिसाब गरी आजको मितिले २ महिनाभित्र बुझाउने छु,’ उनले गरेको तमसुकमा उल्लेख छ, यदि उक्त भाका भित्रमा तपाईहरुको सम्पूर्ण रकम मैले बुझाउन नसकेमा म सुमन खनाललाई कानुन बमोजिम कारबाही अगाडी बढाएमा मेरो मन्जुर छ ।’
मंगलबारे बजार मास्तिर रहेको २ कठ्ठा जग्गा र गाउँमा रहेको खेतीको १२ कठ्ठा जग्गा बेचेर तिर्छु भनेका थिए एक पीडितले भने,तर त्यो जग्गा पनि अर्कै सहकारीमा राखेर ऋण लिएको पाइयो ।’ सहकारीको संस्थापक अध्यक्ष पनि उनै खनाल हुन् । उनले आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा १ करोड ४४ लाख ८० हजार ३९४ रुपैयाँ र २०७९/८० को अन्त्यसम्ममा त्यो रकम बढेर १ करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ ।