रबि लामिछानेको बयान मध्येरातमा सकियो ५० प्रश्नको उत्तर दिन नौ घण्टा

    
रबि लामिछानेको बयान मध्येरातमा सकियो ५० प्रश्नको उत्तर  दिन नौ घण्टा

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ९ घण्टाभन्दा बढी बयान लिएको छ। समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ३ बजे शुरु भएको बयान राति १ बजेसम्म चलेको थियो ।

तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले लामिछानेसँग समितिले बयान लिएको हो। लामिछानेसँग राति १ बजेसम्म बयान लिएको समितिका सभापति सूर्य थापाले बताए। ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति, राति १:५ बजे मा’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवि लामिछानेको सोधपुछ प्रतिवेदनमा हस्ताक्षरपछि‍‍‍‍ भएको हो ।

समितिका सदस्यले विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको रकम र तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेका दायित्वका विषयमा ५१ प्रश्न सोधेका थिए । अधिकांश प्रश्नमा उनी उम्किन खोजेको समितिका एक सदस्यले जानकारी दिए।

अधिकांश प्रश्नमा लामिछाने जिम्मेवारीबाट उम्कन खोजेका छ्न’, उनले भने, ‘तर, तथ्य र प्रमाणसहित सोधिएका कतिपय प्रश्नमा स्वीकार पनि गर् छ।’ लामिछानेले भने आफू १४ महिना प्रबन्ध निर्देशक रहेको कम्पनीको आर्थिक कारोबारबारे थाहा नभएको, सहकारीबाट आएको रकमको कानुनी दायित्य आफूमा नरहेको जवाफ दिएका छन्।

उनले आफूले गोरखा मिडियामा कार्यक्रम उत्पादन र सञ्चालनको पक्षमात्र हेरेको र आर्थिक पक्ष जीबी राईको जिम्मेवारी रहेको बयान दिए।आफू गृहमन्त्री हुँदा राईलाई पक्राउ गरेर ल्याउने काममा धेरै नजिक पुगेको भन्दै उनले अहिलेका गृहमन्त्री रमेश लेखकमाथि प्रश्न तेर्स्याए।