ओखलढुंगाको बिकास बजेटमध्ये 80 करोड फ्रीज : समयमै काम सप्पन्न नहुदाको पिडा !

    
ओखलढुंगाको बिकास बजेटमध्ये 80 करोड फ्रीज : समयमै काम सप्पन्न नहुदाको पिडा !

ओखलढुंगा । ओखलढुंगामा  गत आव 2080/ 81 को लगभग 80 करोड विकास बजेट ‘फ्रिज’ भएको छ । उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा ‘फ्रिज’ भएको हो ।

कुल ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव  १६ पैसा ‘फ्रिज’ भएको कोष तथा लेखा नियन्त्रक कार्यालय ओखलढुंगाका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले जानकारी दिए । उनका अनुसार जिल्लाका लागि प्रदेश तथा संघीय सरकारले विनियोजन गरेको बजेटमध्ये खर्च हुन नसकेको उक्त बजेट ‘फ्रिज समयमा काम सम्पन्न नहुँदा नियमानुसार भुक्तानी दिन नसकी फिर्ता भएको हो ।  बजेट फिर्ता हुँदा विकास निर्माण प्रभावित हुने भएकाले समयमै काम गरेर भुक्तानी लिनुपर्ने उनको सुझाव छ ।

संघ र प्रदेश दुवैतर्फ गत आवमा जिल्लाका लागि कुल रु आठ अर्ब ५४ करोड ५१ लाख ७६ हजार एक सय १५ बजेट विनियोजन भएको थियो ।

उक्त बजेटमध्ये संघतर्फ चार अर्ब ७८ करोड ७३ लाख ६६ हजार तीन सय १६ चालु र एक अर्ब १८ करोड १२ लाख ४७ हजार पाँच सय ८१  रहेको थियो ।

गत आवमा प्रदेशतर्फ चालु बजेट ६२ करोड ७२ लाख ५५ हजार र पूँजीगत एक अर्ब ५५ करोड ४८ लाख ८४ हजार बजेट जिल्लाका लागि विनियोजन भएको थियो ।

तथ्यांकमा विकास बजेट खर्च नभएको देखिए पनि जिल्लाका दर्जनौं आयोजना बजेट अभावका कारण अबरुद्ध  बनेका छन् । राष्ट्रिय गौरवको योजनाका रुपमा रहेका लिखु करिडोर, मोलुङ करिडोर र दर्जनौं सडक पुलसहितका पूर्वाधारका काम वर्षोंदेखि बजेट अभावकै कारण  अधुरा छन् ।

जिल्लामा बजेट यथेष्ट गएको भएपनी समयमै काम गर्न नसक्दा रकम फिर्ता गएकाले आगामी दिनमा यस तर्फ ध्यान दिन सर्बसाधारणले आग्रह गरेका छ्न ।