चर्चित कलाकार सुलेमान शंकर (इकु)लाई पत्नीशोक

    
चर्चित कलाकार सुलेमान शंकर (इकु)लाई पत्नीशोक

काठमाडौ । कलाकार सुलेमान शंकर ‘इकु’लाई पत्नीशोक परेको  छ । उनकी ४२ वर्षिया पत्नी अञ्जना घिमिरेको साउन १० गते निधन भएको हो । मृतक घिमिरे लामो समय देखि मिर्गौला पीडित थिइन ।

गत साता नै निधन भएपनि उनका छोरा अमेरिकामा रहेकाले फर्किन समय लागेपछि आज मात्र दाहसंस्कार गरिएको पारिवारिक स्रोतले बताएको छ ।