सिद्विचरणका नागरिकको स्वास्थ सेवामा मेयरको ध्यान ! अस्पतालसग विशेष छुटको सहमति

    
सिद्विचरणका नागरिकको स्वास्थ सेवामा मेयरको ध्यान ! अस्पतालसग विशेष छुटको सहमति

ओखलढुंगाको सिद्विचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाल र भक्तपुरस्थित दुवाकोटमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) सँगको सहकार्यमा सिद्धिचरण नगरपालिकाका नागरिकलाई विशेष सहुलियतमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने सहमति भएको छ ।

आज मेयर खनाल  र केएमसी अस्पतालका प्रशासकीय अधिकृत नारायणप्रसाद दाहाल बीच सहुलियत उपचार सेवा उपलब्ध गराउन सहमति पत्रमा हस्ताक्षर भएको हो ।  सम्झौता अनुसार सिद्धिचरण नगरपालिकाका बिरामी नागरिकले अस्पतालका सेवामा २५% छुट पाउनेछन् भने सम्झौता समय अवधिभित्र १०० जना बिरामीलाई असार मसान्तसम्मको लागि ५०% छुटको विशेष व्यवस्था गरिएको छ ।

केही दिन अगाडी मात्र ओखलढुंगा जिल्लाको लागि सोही बमोजिमको सहमति गरेका काङ्ग्रेस सभापति समेत रहेका मेयर खनालले नगरपालिकाका नागरिकलाई थप टेवा पुगोस भनेर पहल गरेको स्रोतको दाबी छ ।

बिरामीहरुले उपचार सेवा लिन जादा सम्बन्धित नगरपालिकाको ठेगाना खुल्ने परिचयपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा, बालबालिकाको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रलतिलिपि अनिवार्य गरिएको छ ।