काठमाडौ । यौन ब्याबसायी चलाएको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका- ८ बाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धरानको सिटी होटलमा यौन ब्याबसायको धन्दामा आधा दर्जनभन्दा बढी युवती अबैध रुपमा राखेको सुराकीका आधारमा प्रहरीको टोलीले छापा मार्दा होटल संचालक सहित तीन जाना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा होटल सञ्चालक पेमा ल्हामु शेर्पा सहित एक पुरुष र एक महिला छन् । यौन धन्दाको लागि राम्रा राम्रा युवती छन भन्दै होटलमा आउने ग्राहकबाट प्रतिरात ५ हजार उठाउने, बजारबाट ग्राहक खोजेर ल्याउने त्यस बापत १५ सय होटल भाडा, १ हजार होटल सञ्चालकलाई कमिसन र बाकी मिलेर खाने समुह रहेको प्रहरी स्रोतको दाबी छ ।
पक्राउ परेकाहरुले यौन धन्दा र कमिसन लिने गरेको स्वीकार गरेका हुन । यौन धन्दा चलाएको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।