काठमाडौ । नेपाली काङ्ग्रेसको शुभेच्छु सस्था जय नेपाल फाउण्डेसनको कोशी प्रदेश अन्तर्गत ओखलढुंगा जिल्ला कार्यसमिति गठन भएको छ । चिरन भट्टराईको संयोजकत्वमा गठित जिल्ला समितिको प्रदेश (क) संयोजक नवीन खत्री र प्रदेश (ख) संयोजक कृष्णप्रसाद गिरी रहेका छन । मुना बस्नेत महिला संयोजक, गौरव राई जनजाति संयोजक र रन्जित कुमार दुराईलीले दलित संयोजकको जिम्मेवारी पाएका छन ।
फाउन्डेसनले स्थानिय तहका संयोजक समेत तोकिएको छ । स्थानीय तहका संयोजकहरुमा सुजन मगर सिद्विचरण नगरपालिका, टंक काफ्ले मोलुङ्ग गाउँपालिका, युबराज बास्तोला चिशङ्खुगढी गाउँपालिका, श्रीराम बस्नेत खिजिबेम्बा गाउँपालिका, कमल खत्री लिखु गाउँपालिका, मनोज बुढाथोकी चम्पादेबी गाउँपालिका, सोमबहादुर तामाङ सुनकोशी गाउँपालिका र गुणराज गौतम मानेभञ्ज्याङ गाउँपालिकाको नेतृत्वमा आएका छन ।
फाउन्डेसनको केन्द्रिय अध्यक्षमा बद्री अर्याल कोशी प्रदेश संयोजकमा बाबुराम कोइराला (बासु) र जय नेपाल इन्टरनेशनल फाउन्डेसनको अध्यक्षमा डा. यादव पण्डित रहेका छन । यो फाउन्डेसन नेपाली काङ्ग्रेस निकट रहेको फाउन्डेसन हो ।