घुस सहित रङ्गेहात पक्राउ परेका झापाको बुद्वशान्ति- २ का अध्यक्ष ओली निलम्बित

    
घुस सहित रङ्गेहात पक्राउ परेका झापाको बुद्वशान्ति- २ का अध्यक्ष ओली निलम्बित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको झापाको बुद्धशान्ति गाउँपालिका- २ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीलाई आज निलम्बन गरेको छ । नेकपा एमालेबाट निर्बाचित ओली घुस खाएको रकम सहित पक्राउ परेका थिए । सुनकोशी सन्देशले पक्राउ परेको समाचार प्रकाशन गरेको थियो ।

आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस दिने भारतीय नागरिक अमरनाथ चौहान र घुस खाने वडाध्यक्ष ओलीलाई पक्राउ गरेको हो ।

उनिहरु दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा दोशी प्रमाणित भएकाले निलम्बन गरेको आयोगका सहायक प्रबक्ता देबीप्रसाद थपलियाले जानकारी दिएका छन ।