प्रेमचन्द्र झा
राैतहट । रौतहटको गाैर नगरपालिकाका मेयर शम्भु साहले प्रादेशिक अस्पतालमा अश्लील गितमा नृत्य गराउने अस्पताल प्रशासन विरुद्ध कार्वाहीको माग गरेका छन । नेकपा समाजबादी पार्टी राैतहट जिल्ला भेलामा नगरप्रमुख साहले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुर र अध्यक्ष अनवर हासमीलाई कारबाही गर्न माग गरेका हुन ।
मधेस प्रदेशका मुख्यमन्त्री लगायत सम्बन्धित निकायले के हेरेर बसेको छ उनले प्रश्न गरे । मेयर साहले यस्तो हर्कत विरुद्ध सचेत हुन र कारबाही गर्न नसक्ने प्रदेश सरकारको विरुद्धमा जनस्तरबाट आवाज उठ्नु पर्ने बताए । घटना हरितालिका तिजको हो । महिलाहरुको चाड हरितालिकामा प्रादेशिक अस्पताल गाैरका मेडिकल सुपरिटेन्डेन्ट डा ठाकुर र अध्यक्ष हासमी अस्पताल परिसरमा महिला कर्मचारी संगै कुम जाेडेर नाचेको भिडियो भाईरल भएको थियो । अस्पताल जस्तो संबेदनसिल ठाउँमा अश्लील र उत्तेजित कार्य गर्ने विरुद्ध सम्बन्धित निकाय माैन रहनुको रहस्य के हो मेयर साहले भने ।
मेयर साहले संबेदनसिल क्षेत्रमा यस्तो हर्कत गर्ने ब्यक्तिलाई मधेस प्रदेश सरकारले तत्काल कारबाही गर्नु पर्नेमा आर्थिक चलखेल गरी जोगाएको आरोप लगाएका छन । यो प्रादेशिक अस्पताल हो, प्रदेश तिर राम्रै आर्थिक पुग्छ उनले भने । प्रादेशिक अस्पतालमा भएका गतिविधि निन्दनीय रहेको सर्ब साधारणको पनि गुनासो छ ।
मेयर साहले समाजबादी पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई साक्षी राखेर अस्पताल प्रशासन र प्रदेश सरकारको मिलेमतो बारे आरोप लगाएका हुन ।