माओवादीको बिध्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी ) को सम्मेलन भोलीबाट: अध्यक्षमा सहकारी ठगी प्रकरणका दोषी दिपेश पुन सहित २० जना आकाङ्क्षी

    
माओवादीको बिध्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी ) को  सम्मेलन भोलीबाट: अध्यक्षमा सहकारी  ठगी प्रकरणका दोषी दिपेश पुन सहित २० जना  आकाङ्क्षी

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अखिल क्रान्तिकारीको २३ औं सम्मेलन भोलीबाट सुरु हुन लागेको छ । सम्मेलनबाट अध्यक्ष बन्नका लागि करिब १५ जना भन्दा बढी मैदानमा उत्रने छन भने उपाध्यक्ष, एक महासचिव सहित 20 जना प्रतिस्पर्धामा छन् । संगठनका उपाध्यक्ष राजकुमार लिम्बु नेपाल बाहिर रहेको र अर्की महिला नेतृ कल्पना मियाँ प्रतिनिधि सभाको सांसद रहेकाले उनिहरु अध्यक्षको प्रतिस्पर्धामा छैनन् ।

स्वर्णलक्ष्मी,सुर्यदर्शन सहकारी हिनामिना प्रकरणमा जिबी राई सगै दोसी देखिएका पुर्ब उपराष्टपति नन्द किशोर पुनका छोरा दिपेश पुन पनि अध्यक्षको आकाङ्क्षी छन । उनी हालका महासचिव हुन । उनलाई सकभर नेतृत्व दिने पक्षमा कोही पनि नेता सहमत छैनन ।

क्रान्तिकारी संगठनका उपाध्यक्ष जिपी मैनाली, इन्द्र भुसाल, मिलन एमसी, तुकमान महरा, लक्ष्मी जोशी, प्रविणा अधिकारी, मदन भुल, पवन कार्की, नरेश रेग्मी, सूर्यनारायण साह, नारायण खनाल, गजेन्द्र देव, क्षितिज सापकोटा, मदन भट्टराई, अमरंजंश शाही, केशव रावल र महासचिव दीपेश पुन अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।

अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनले ३३ पदाधिकारी सहित २४३ जनाको जम्बो केन्द्रीय समिति र तीन आयोगका पदाधिकारी निर्वाचित गर्ने छ । यस पटकको सम्मेलनले प्रत्यक्ष निर्वाचन प्रणालीबाट पदाधिकारी तथा सदस्य निर्वाचित गर्ने छ ।