ओखलढुंगाको आरुभन्ज्याङ्ग माबीलाई बौद्ध धर्म अभ्यास केन्द्रको विभिन्न सहयोग

    
ओखलढुंगाको आरुभन्ज्याङ्ग माबीलाई बौद्ध धर्म अभ्यास केन्द्रको विभिन्न सहयोग

काठमाडौ । नेपाल बौद्ध धर्मका श्रद्वय गुरु कार्शाङ मोक्तानले संचालन गरेको बौद्व धर्म अभ्यास केन्द्रले सुनकोशी गाउँपालिका – २ स्थित आरुभन्ज्याङ्ग माबी ओखलढुंगामा अध्यानरत बिध्यार्थीहरुलाई विभिन्न सामाग्री बितरण गरेको छ । केन्द्रले आज बिध्यालयमा आयोजित एक कार्यक्रम मार्फत बिध्यार्थिहरुलाई टाई, बेल्ट तथा प्राथमिक उपचार गर्ने बक्स बितरण गरेको हो ।

केन्द्रका महासचिव (धनबहादुर) डिके मोक्तान, एम पाख्रीन, सोनाम मोक्तान, वीर बहादुर मोक्तानको उपस्थितिमा उक्त सामान बितरण गरेको बिध्यालय प्रशासनले जनाएको छ । बिध्यालयको बालबिकास देखि कक्षा १० सम्मका सम्पुर्ण बालबालिकालाई हौसला बढाउने उदेश्यले सहयोग बितरण गरेको आयोजक तथा स्थानीय यम पाख्रीनले बताए ।

शिक्षक श्याम बहादुर तामाङका अनुसार करिब ३ सय भन्दा बढी बिध्यार्थीले उक्त सहयोग प्राप्त गरेका छन । सहयोगको लागि बिध्यालयले बिशेष धन्यवाद समेत दिएको छ । यो सहयोग कार्यक्रमको आयोजक तथा संयोजक सोही वडाका स्थानीय यम पाख्रीनले गरेका हुन ।