नेपाली काङ्ग्रेस कोशी प्रदेशका विभिन्न बिभागको सदस्यमा ओखलढुंगाका पाँच नेता मनोनीत

    
नेपाली काङ्ग्रेस कोशी प्रदेशका विभिन्न  बिभागको सदस्यमा ओखलढुंगाका पाँच नेता मनोनीत

काठमाडौ । नेपाली काङ्ग्रेस काेशी प्रदेश कार्यसमितिका सभापति उद्वब थापाले विभिन्न बिभागमा सदस्य मनोनीत गरेका छन । थापाले विभिन्न पाँच बिभागमा मनोनीत सदस्यमा ओखलढुंगाका युबा नेताहरुलाई समेटेका छन । उनले पार्टीको बिधान २०१७ को (दशौ संशोधन) २०७८ को परिछेद ४ धारा १३(११) बमोजिम मनोनीत गरेका हुन ।

मनोनीत हुनेहरुमा महेन्द्र दाहाल युबा तथा खेलकुद बिभाग सदस्य, संगम श्रेष्ठ उद्योग ब्यापार बाणिज्य तथा आपूर्ति बिभाग सदस्य, बिकाश वाग्ले ट्रेड युनियन तथा श्रमिक बिभाग सदस्य, गणेश बहादुर कटवाल बन बाताबरण तथा ब्यबस्थापन बिभाग सदस्य र निर्मल श्रेष्ठ शिक्षा बिज्ञान तथा प्रबिधी बिभागको सदस्य रहेका छन ।

सदस्यमा मनोनीत हुनेमध्ये महेन्द्र दाहाल र बिकास वाग्ले सिद्विचरण नगरपालिका, संगम श्रेष्ठ चम्पादेबी गाउँपालिका, गणेश कटवाल मोलुङ्ग गाउँपालिका र निर्मल श्रेष्ठ खिजिदेम्वा गाउँपालिकाका नेता हुन ।