अशोक दाहाल
काठमाडौं । प्रहरीले झुठ्ठा विवरण पेश गरी तिब्बती नागरिकलाई नागरिकता बनाउने कार्यमा संलग्न एक चीनिया सहित चार जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले धादिङ नेत्रावती गाउँपालिका- १ का मदन बहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका- ५ का रामेश्वर रिजाल र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका- ४ का छिरिङ वाङ्दीन शेर्पालाई पक्राउ गरेको हो ।
जुवा समन्धी अनुसन्धान गर्ने क्रममा नक्कली नागरिताको केस समेत जोडिएर आएको प्रहरी स्रोतले बताएको छ ।
प्रहरीले जिल्ला प्रशासन कार्यालय धादिङ, ना.प्र.न. २६/०१/८१र०३२१७ को नेपाली नागरिता लिने (सोनाम तामाङ) भनिने तिब्बतका चीनिया नागरिक छिरिङ ढुन्डुप सहित नेपाली नागरिता दिलाउने तीन जना नेपाली पक्राउ गरेको हो । नागरिता दिलाए बापत ४ लाख रुपैया लिएको बयान पक्राउ परेकाहरुले स्वीकार गरेका हुन ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले छिरिङ ढुन्डुपसहित चारजनालाई पक्राउ गरि आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ ।