काठमाडौको चन्द्रागिरीमा मृगौला मुटु कलेजो चेकअपमा बिशेष छुट सहितको स्वास्थ शिबिर संचालन हुने

    
काठमाडौको चन्द्रागिरीमा मृगौला मुटु कलेजो चेकअपमा बिशेष छुट सहितको स्वास्थ  शिबिर संचालन हुने

युबराज पहाडी
काठमाडौ । चन्द्रागिरी नगरपालिका – ७ मा स्वास्थ शिबिर संचालक हुने भएको छ । बिजया दशमी, शुभदिपावली, छ्ठ, भिन्तुनाको शुभकामना सहित यहि असोज १२ गते बनदेबी सामुदायिक भवन प्राङ्गणमा शिबिर आयोजना हुने छ ।
बनदेबी सामुदायिक भवन संरक्षण समिति, स्थानीय समाजसेवी तथा अभियान्ता हरि महत तथा आरोग्य निलायम डाईग्नोष्टिक सेन्टरको सहकार्यमा होल बडि चेकअप सहितको शिबिर संचालन हुने आयोजकको भनाइ छ । भिडियो एक्सरे, इ. सि. जि वा अन्य ल्याब परिक्षणमा ५०% छुटको सुबिधा सहित डा. राजेश देव नेतृत्वको चिकित्सकिय टोली सहभागी हुने छ ।
शिबिरमा कलेजो, मुटु, मृगौला रगत समेतको परिक्षण हुने हरि महतले जानकारी दिएका छन । शिबिर ब्यबस्थापनमा अध्यक्ष कमल कुमार थापा, उपाध्यक्ष श्रीराम थापा सचिब शोभा थापा कोषाध्यक्ष राजु थापा सह कोषाध्यक्ष संगिता थापा रहेका छन भने कार्यक्रमको संयोजक कमल दिन मियाले गर्ने आयोजकले बताएको छ ।