काठमाडौ प्रहरी परिसरका इन्स्पेक्टर प्रतीक सिंहले ५० लाख घुस खाएर छोडे एक थुनुवा

    
काठमाडौ प्रहरी परिसरका इन्स्पेक्टर प्रतीक सिंहले ५० लाख घुस खाएर छोडे एक थुनुवा

युबराज पहाडी
काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक युबालाई पक्राउ गरी दुई दिन थुनामा राखेर ५० लाख रुपैयाँ बिचौलिया मार्फत असुल गरि छाडिएको घटनामा इन्स्पेक्टर प्रतीक सिहको भुमिका शंकास्पद देखिएको छ ।
उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसीले गरेको छानविनले काठमाडौ प्रहरी परिसरका इन्स्पेक्टरको कमजोरीले घटना भएको निष्कर्ष निकालेको हो । इन्स्पेक्टर सिंहको मातहत काम गर्ने हवल्दार गणेश खड्काले क्यानडा बस्ने आशिष आचार्यलाई क्रिप्टो कारोबारको आरोपमा नेपाल आएको बेला पक्राउ गरेका थिए ।
आचार्यकी दिदीले प्रहरीबाट भाई छुट्टाउन बिचौलिया तेज तामाङलाई ५० लाख रुपैयाँ पठाएपछि आशिषलाई प्रमाण नभेटिएको भन्दै दुई दिनमा छाडिएको थियो ।
तर, प्रहरीले छाड्ने क्रममा ‘गुडफेथ’मा छाडिएको बताए पनि पीडितकी दिदीले प्रहरी अधिकारीलाई ५० लाखको लेनदेनमा उजुरी गरेपछि छानबिन हुँदा लेनदेन पुष्टि भएको हो । हवल्दार खड्का र बिचौलीया तामाङबीच पुरानो चिनजान भएकाले पैसा असुल्ने योजनाअनुसार नै आचार्यलाई पक्राउ गरेको बुझिन्छ तर तामाङ फरार रहेकाले उनले ५० लाख रुपैयाँ क–कसलाई बुझाए भन्ने खुलेको छैन ।