रबि लामिछाने पक्राउ गर्न सादा पोसाकमा प्रहरी परिचालनको सुचना पाए लगत्तै रास्वपाका नेता कार्यकर्ता पार्टी कार्यालय र निबासमा भेला हुदै

    
रबि लामिछाने पक्राउ गर्न सादा पोसाकमा प्रहरी परिचालनको सुचना पाए लगत्तै रास्वपाका नेता कार्यकर्ता पार्टी कार्यालय र निबासमा भेला हुदै

युबराज पहाडी
काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्वडीआईजी जोशीलाई पक्राउ गरेको हो । गृहमन्त्री रमेश लेखकले आज मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली र राष्ट्रिय अनुसन्धान प्रहरी खटिएको स्रोतले बतायो । प्रहरी स्रोतले गृहमन्त्रीको निर्देशन अनुसार आजै बेलुका वा परिस्थिति हेरेर भोलि सम्म लामिछाने पक्राउ पर्ने बतायो । प्रहरीले उनको निगरानी गर्न टोली खटाएको सुचना पाए लगत्तै रास्वपाका नेता कार्यकर्ता पार्टी कार्यालय र लामिछानेको निवासमा जम्मा भईरहेका छ्न ।
गोरखा मिडिया नेटवर्क प्रालिमा लामिछाने,जिबी राई, छबिलाल जोशी व्यापारिक साझेदार रहेका हुन । ग्यालेक्सी टेलिभिजन सञ्‍चालन गर्ने संस्था गोर्खा मिडियामा जोशीको ५० प्रतिशत सेयर थियो । टेलिभिजन सञ्चालन भएको केही समयपछि जोशी र त्यसपछि लामिछानेले गोर्खा मिडिया छाडेका हुन ।