कृषि तथा पशुपन्छी मन्त्री अधिकारीलाई डेंगु संक्रमण

    
कृषि तथा पशुपन्छी मन्त्री अधिकारीलाई डेंगु संक्रमण

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ । गत पाँच दिनअघिबाट डेंगुबाट संक्रमित भएका कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन् ।
विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरु सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्री अधिकारीको सचिवालयले बताएको छ । बिराटनगरबाट फर्किए लगतै उनी बिरामी परेका हुन ।