रबि लामिछानेको गगन थापा सहित अन्य पार्टी विरुद्ध प्रहारै प्रहार, रास्वपा सकिन होइन अरु पार्टी सक्न आएको हो

    
रबि लामिछानेको गगन थापा सहित अन्य पार्टी विरुद्ध  प्रहारै प्रहार, रास्वपा सकिन होइन अरु पार्टी सक्न आएको हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी स्थापनाको छोटो समयमा आफुले ठुला पार्टीका नेतृत्वबाट रचिएका घटनाका चाङमाथि रास्वपाको अस्तित्व जोगाउन सफल भएको बताएका छ्न । काठमाडौको कमलादीमा सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
हाम्रा बिरोधीले बजारमा रास्वपा सकियो, कमजोर भयो, एसको चुनौती सकियो भनेर हल्ला चलाईरहेका छ्न भन्दै लामिछानेले भने हेक्का होस रास्वपा सकिन आएको होइन हामी अरु पार्टी सक्न आएका हौं ।
उनले सहकारी ठगको प्रमाण बोकेर हिड्नेको दिनगन्ती सुरु भएको उद्घोष गरे । गगन थापा प्रती लक्षित प्रहार गरेका लामिछानेले सहकारी ठग भन्नेहरु अब गोर्खा मिडिया तिरबाट आक्रमणमा उत्रने तर आफुले त्यो मिडियाबाट पनि सफाई पाउने बताए ।