बिरुवा गाउँपालिका स्याङ्जाका अध्यक्ष कुवर विरुद्ध सहकारी ठगिमा पक्राउ पुर्जी !

    
बिरुवा गाउँपालिका स्याङ्जाका अध्यक्ष कुवर विरुद्ध  सहकारी ठगिमा पक्राउ पुर्जी !

काठमाडौ  । सहकारी ठगी प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङजाले सोमबार अध्यक्ष कुँवरसहित थप दुई जनालाई पक्राउ अनुमतिका लागि निवेदन दिएको थियो । प्रहरीको निवेदन अनुसार नै जिल्ला अदालत स्याङ्जाले कुँवरलाई पक्राउ गर्न अनुमति दिएको हो ।  अध्यक्ष कुवर निर्चाचन हुनु भन्दा अगाडी एक सहकारीको सचिब रहेको समेत प्रहरी श्रोतले बताएको छ । निर्बाचनको लागि उनले ठुलो रकम हिनामिना गरेको बताईएको छ ।