काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले झापाको बुद्धशान्ति गाउँपालिका- २ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीलाई घुस खाएको रकम सहित पक्राउ गरेको छ ।
आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस दिने भारतीय नागरिक अमरनाथ चौहान र घुस खाने वडाध्यक्ष ओलीलाई पक्राउ गरेको हो ।
उनिहरु दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रबक्ता देबीप्रसाद थपलियाले जानकारी दिएका छन ।