रौतहटको मौलापुर नगरपालिका ९ का अध्यक्ष विरुद्ध दलित महिलामाथी यौन दुव्र्यवहारको आरोप, अध्यक्ष फरार

    
रौतहटको मौलापुर नगरपालिका  ९ का अध्यक्ष विरुद्ध दलित महिलामाथी यौन दुव्र्यवहारको आरोप, अध्यक्ष फरार

रौतहट । रौतहटको मौलापुर नगरपालिका- ९ का वडा अध्यक्ष श्याम किशोर साहले गाउँले एक दलित महिलालाई यौवन दुव्र्यवहार गरेको आरोप लागेको छ । यौवन दुव्र्यवहारका विरुद्ध स्थानीयले ब्यानर सहित प्रदर्शन गरेका छन् ।
सोनरनीयाका स्थानीयहरुले एकजना विवाहित दलित महिलालाई विभिन्न प्रलोभन देखाइ पटक पटक यौन शोषण गरेको आरोप लगाउँदै आज वडा कार्यालयको अध्यक्ष बस्ने कोठामा तालाबन्दी गर्दै प्रदर्शन गरेका हुन । अध्यक्ष शाह भने वडा छाडेर फरार छ्न ।
ती महिलाका अनुसार गरिबीको फाईदा उठाउन विवाह गर्ने आश्वासन दिएर वडा अध्यक्ष साहले बिगत केही वर्षदेखि यौन शोषण गरेको र अहिले विवाह गर्न नमानेको, आफुसग टाढिएको कारण मानसिक तनावमा परेको आरोप लगाएकी थिइन् ।
यसैबीच वडा अध्यक्ष शाहमाथि महिलाले लगाएको आरोप सामाजिक सञ्जालमा भाइरल भएपछि केही दिन पहिले मौलापुर नगरपालिकाले घटना बारे सत्य तथ्य बुझ्न उपमेयर नागेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो पालिका श्रोताले भन्यो । तर छानबिन समितीले अध्यक्षलाई कारबाही गर्न आनाकानी गरेको भन्दै स्थानीयले बिरोधको कार्यक्रम जारी राख्ने, प्रहरीमा जाहेरी दिने चेतावनी दिएका छ्न ।