काठमाडौ । रौतहट जिल्लाका ६२ वर्षीय जोगा चौधरीले छोरीको पढाईको लागि पठाओ चलाएर खर्च धानिरहेका छन् । मास्टर पढ्दै गरेकी छोरीको कापी-कलम, आउ-जाउ र खाना-खाजा खर्च लगायत दैनिक जीविका यसैबाट चलाइरहेका छन् । धुवा धुलो दुख धेरै कमाई भने कम भएको दुखेको पोख्छ्न चौधरी ।
यसअघि कयौं ठाउँमा काम गरिसकेका उनले अहिले भने उमेरका कारण काम पाउन नसकेको र पठाओ रोजेको बताउँछन् । कतिपयले आफुलाई नपत्याउने तर गन्तव्यमा पुर्याए पछि केही पैसा थपेर पनि दिने गरेको चौधरी बताउँछन । छोरीको अध्ययन पूरा नभएसम्म उनले यो काम नछोड्ने बताएका छन् । उनी भन्छ्न उमेरले मेरो बाध्यता बुझेन म यसैमा खुसी छु ।