डिएसपी कार्की शक्तिकेन्द्रको आडमा पुगे रौतहटको गरुडा

    
डिएसपी कार्की शक्तिकेन्द्रको आडमा पुगे रौतहटको गरुडा

 

काठमाडौँ । रौतहट स्थित ईलाका प्रहरी कार्यालय गरुडामा डीएसपी राजन कार्कीलाई पठाइएको छ । गरुडामा कार्यरत रामेश्वर त्वातीलाई हटाएर बिबादास्पद छबिका कार्कीलाई त्यहा पठाईएको छ । उनलाई अन्यत्र पठाउन खोजिएको तर  गरुडामा आउन शक्ति केन्द्रको चित्त बुझाउने गरि आएको आरोप   एकजना उच्च अधिकृतले लगाएका छ्न ।

गरुडामा जाने थोरै प्रहरी अधिकृतहरूले मात्रै आफ्नो  पुरा कार्यकाल बिताएका छन् । डीएसपी त्वाती पनि कार्यकाल पुरा नगरी सरुवा भएका हुन् ।