सिधा कुरा अनलाइनसँग जोडिएका राजकुमार तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो उनलाई काठमाडौंबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
सिधा कुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियो सम्बन्धी मुद्दाको फैसला आउनै लाग्दा उनलाई प्रहरीले पक्राउ गरेको हो।
अख्तियारले दायर गरेको स्टिङ अपरेसनको मुद्दा ‘ढिसमिस गराउन’ आयोजित छलफलमा भएको भनिएको कुराकानीको अडियोका स्रोत राजकुमार तिमिल्सिना भएको सिधा कुरा अनलाइनका प्रकाशक/सम्पादकले सर्वोच्चमा बयान दिएका थिए।


