राष्ट्रिय युवा परिसदद्वारा राष्ट्रिय युवा उद्यमी सञ्जाल गठन, अध्यक्षमा ओखलढुंगाका पराजुली चयन

    
राष्ट्रिय युवा परिसदद्वारा राष्ट्रिय युवा उद्यमी सञ्जाल गठन, अध्यक्षमा ओखलढुंगाका पराजुली चयन

काठमाडौ । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषदले देशभरका युवा व्यवसायीलाई एउटै ढाँचामा समेट्न ‘राष्ट्रिय युवा उद्यमी सञ्जाल’ गठन गरेको छ । संजालको अध्यक्षमा ई- कमर्स मिडिया संचालक सुशील पराजुली चयन भएका छन । उनी ओखलढुंगाका युबा ब्याबसायी हुन ।

सञ्जालको मुख्य उद्देश्य युवा उद्यमशीलताको प्रवर्द्धन, नीतिनिर्माण प्रक्रियामा युवाको सक्रिय सहभागितालाई सुनिश्चित गर्न तथा व्यवसायिक क्षेत्रमा संलग्न युवाबीच सहकार्यको वातावरण निर्माण गर्नु रहेको छ ।

पराजुलीले ‘Cinereels Production’ नामक भिडियो निर्माण कम्पनी स्थापना गरी  डिजिटल मार्केटिङ अभियानमार्फत युवाको आवाजलाई प्रवर्द्धन गर्दै आएका छन । अध्यक्षमा चयन भएपछि पराजुलीले युवा उद्यमीका समस्यालाई संस्थागत रुपमा आवाज उठाउने र देशमै रोजगारको अवसर सिर्जना गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

“व्यवसाय केवल पैसा कमाउने माध्यम मात्र  होइन, यो राष्ट्र निर्माणको बलियो खम्बा हो, उनले भने, अब समय आएको छ, हामी युवा नीति बनाउने तहमा पुग्नु आजको आवश्यकता हो ।

सञ्जालका तीन उपाध्यक्ष राजकुमार अधिकारी,  मनिष जङ्ग शाही, सुदीप राज पुरी, सचिवमा आदर्श दाहाल, सह- सचीव  अनुज धिताल कोषाध्यक्ष सर्मीला खनाल सह- कोषाध्यक्ष  सुरेन्द्र अधिकारी छन भने सदस्यहरुमा शंकर खनाल, प्रदिप लामिछाने, राज तामाङ, सन्दीप केसी, इन्दिरा लोहनी, सुरेन्द्र गुरुङ, रबिन शाह, रेसम कट्वाल, र कल्पना बराल चयन भएका छन ।

सञ्जालको कार्यकाल दुई वर्षको रहनेछ । संजाल  गठन समारोहमा राष्ट्रिय युवा परिषदका बोर्ड सदस्य विनोद कुमार शाही, प्रमुख प्रशासनिक अधिकृत गेहनाथ गौतम, उपसचिव चन्दा थापा, र शाखा अधिकृत रमेश भट्टराई लगायतको उपस्थिति रहेको थियो ।