सिन्धुलीको दुधौली नगरपालिकामा मेयर र प्रशासकीय अधिकृत बिच चरम द्वन्द, स्थानीयको काममा ब्यबधान

    
सिन्धुलीको दुधौली नगरपालिकामा मेयर र प्रशासकीय अधिकृत बिच चरम द्वन्द, स्थानीयको काममा ब्यबधान

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका मेयर र प्रमुख प्रशासकीय अधिकृत बीचको झगडाको मारमा सेवाग्राही परेका छन । स्थानीय जनताका अनुसार लेनदेनको मुद्वामा कुरा नमिल्दा प्रशासकीय अधिकृत काठमाडौबाट  लामो समय नगरपालिका फर्किएका छैनन् ।

मेयर  दिनेश अधिकारी र प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीबीच गत आर्थिक मसान्तको हिसाब नमिल्दा विवाद  चर्किएको पालिका स्रोतले बताएको छ ।

भाद्र महिना यता नगरपालिका प्रमुख प्रशाकीय अधिकृत विहीन बनेको एक जनप्रतिनिधिले बताए । प्रमुख प्रशासकीय अधिकृत सुवेदी विगत ६ महिनादेखि अनुपस्थित्  रहदा अहिले सम्म हुनुपर्ने नितिगत निर्णय स्थगित छन ।

नेकपा माओवादीले मेयर जितेको नगरपालिकामा  जनताको ब्यापक गुनासो आउने गरे पनि मेयरले कार्यबाहक अधिकृतको भरमा मनलाग्दी निर्णय गराएको स्थानीयको आरोप छ ।

मेयर  र प्रमुख प्रशाकीय अधिकृतको झगडाले अहिले सेवा  ठप्प हुदा समेत मेयरले पहल नगरेको स्थानीयको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा करारका कर्मचारीले बेलामा तलव समेत  पाउन नसकेको गुनासो छ ।