चन्द्रागिरीको थानकोटमा भोलि स्वास्थ शिबिर संचालन हुने

    
चन्द्रागिरीको थानकोटमा भोलि स्वास्थ शिबिर संचालन हुने

काठमाडौ । राष्ट्रिय खड्गी समाज र नागरिक अभियान्ता हरी महतको संयुक्त आयोजनामा भोली काठमाडौको चन्द्रागिरी नगरपालिका – ३ स्थित थानकोटमा स्वास्थ शिबिर संचालन हुन लागेको छ ।
वीर अस्पतालका सिनियर कन्सल्टेन्टबाट स्वास्थ जाच हुने बताईएको छ । आरोग्य निलायम डाईग्नोष्टिक सेन्टरको समेत सहकार्य रहेको शिबिर बिहान ८ बजे देखि दिउँसो २ सम्म साझाघर थानकोटमा संचालन हुने नागरिक अभियान्ता हरी महतले जानकारी दिएका छ्न ।