बालेन, हर्क र रबि समर्थकको सामाजिक संजाल मार्फत हुने आक्रमण विरुद्ध एमालेले संजाल नेटवर्क मार्फत इन्काउन्टर गर्न गर्‍यो आन्तरिक सर्कुलर

    
बालेन, हर्क र रबि समर्थकको सामाजिक संजाल मार्फत हुने आक्रमण विरुद्ध एमालेले  संजाल नेटवर्क मार्फत इन्काउन्टर गर्न  गर्‍यो आन्तरिक सर्कुलर

युबराज पहाडी
काठमाडौं । नेकपा एमालेले निर्णायक राष्ट्रिय शक्ति निर्माणको लागि
पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या, सामाजिक सञ्जालमा भ्रमपुर्ण समाचार सम्प्रेषण भइरहेको भन्दै त्यसको संगठितरूपमा प्रतिवाद गर्न केन्द्र देखि वडा तहसम्म सर्कुलर गरेको छ ।
केन्द्रीय सचिवालय बैठकमा महासचिब शंकर पोखरेलले ल्याएको कार्ययोजना पारित गरेर एमालेले व्यवस्थित प्रचार कार्य र सामाजिक सञ्जालको विस्तार गर्नेबारे विभिन्न योजना तय गरिएको हो ।
पार्टीविरोधी शक्तिहरूबाट नियोजितरूपमा सामाजिक संजालबाट हरेक नेतृत्व विरुद्ध आक्रमण भएको कारण प्रतिकारको लागि एक जुट भएर ( संजाल नेटवर्क ) बनाउन सर्कुलर भएको पार्टी श्रोताको दाबी छ ।
पछिल्लो समयमा काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह समर्थक, धरानका मेयर हर्क साम्पाङ्ग र राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकले सामाजिक संजाल मार्फत पार्टी नेतृत्वको बदनाम गरेको कारण एमालेले यो कदम उठाएको आकलन गरिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले केहिदिन अगाडी एउटा कार्यक्रम मार्फत जस्तालाई तस्तै जवाफ फर्काउन, लड्न, भिड्न अपिल समेत गरेका थिए । यस अगाडी एमालेले साइबर सेना मार्फत प्रतिकार गर्दै आएको थियो ।