काठमाडौं । शक्ति केन्द्रको चलखेलमा सिडिओको सरुवा गरिरहेको गृह मन्त्रालयले ललितपुर, भक्तपुर लगायत तराईका जिल्लामा सिडिओको सरुवा गर्न सकेको छैन ।
बिगत देखि बदनाम कर्मचारीहरु शक्तिकेन्द्र धाएर तराईका जिल्लामा सिडिओ बन्न खोजेपछि सरुवामा ढिलाई भएको हो ।
आर्थिक चलखेलका आधारमा तराईको आर्थिक राजधानी पर्साको सिडिओ बन्न बिबादास्पद छबिले चिनिएका लालबाबु कवारी शक्तिकेन्द्रको ढोका चाहर्दै हिडेका छ्न ।
उनी सिराहा जिल्लाको सिडिओ हुँदा ५० लाखको घुसकाण्ड, त्यहा ससस्त्र समुहले कब्जामा रहेको जग्गा लेनदेनको अडियो काण्ड,कम्पनी रजिष्ट्रारको कार्यालयमा हुँदा २० लाखको घुस काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको कर्मचारी हुन ।
स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकमाथि समेत उच्च तहबाट कवारीको नाम सिफारिस गर्न दबाब छ यसमा आर्थिक चलखेलको समेत आशंका गरिएको छ ।
कवारी विभिन्न काण्डमा अदालतबाट सफाई पाएका कर्मचारी हुन । उनी लगाएत बासुदेव घिमिरे, रमेश ढकाल, सुमन घिमिरे, श्यामकृष्ण थापा, उमेश ढकाल, प्रकाश पौडेल र गोविन्द रिजाल पनि सिडिओमा जान लबिङ गरिरहेका छ्न ।