काठमाडौ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा पर्सा किङ नामक आईडीको नामबाट हातहतियार प्रदर्शन गर्ने एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल उर्फ (पर्सा किङ)लाई पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल फेसबुक, टिकटकमा अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरी त्रास सिर्जना गर्नेलगायत अराजक गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले पटेललाई पक्राउ गरेको हो । उनले भाइरल हुन यो काम गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले पटेललाई सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसूरमा अनुसन्धान गरिरहेको छ । त्यस्ता गतिविधिमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले बताएको छ । उनी समान्य मजदुरी गर्ने ब्यक्ती भएको समेत खुलेको छ ।