काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङ माथि सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानविन गर्ने कि नगर्ने भनेर प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ रकम हिनामिनामा नेपाली काँग्रेसका सांसद धनराज गुरुङ र उहाँको श्रीमतीको नाम जोडिएको कुरा मिडियामार्फत सार्वजनिक भएको बताए ।
उनले सहकारीका अध्यक्ष अध्यक्ष कुम्भराज गुरुङले ठगी गरेको दाबिसहित उजुरीसमेत दिएको भन्दै छानविन गर्ने कि नगर्ने? भनी काँग्रेस सांसदहरुमाथि प्रश्न गरे । उनले गुरुङमाथि छानविनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने ? भनेर पनि प्रश्न गरे ।
उनले भने ‘मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम हिनामिना गरेकोमा माननीय धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगी गरेको दाबीसहित उजुरी दर्ता गराउनुभएको रहेछ । अब म माननीय गुरुङको बारेमा छानविन हुन्छ कि हुँदैन प्रश्न गर्न चाहन्छु ।