रोल्पा । रोल्पामा आफ्नै आमामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका बस्ने ५६ बर्षीया आमालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २९ वर्षीय एक पुरुष (छोरा) लाई गिरफ्तार गरेको हो ।
असम्भव प्राय मानिएको यस घटनाले यति बेला संगो समाजलाई स्तब्ध बनाएको छ । रोल्पा प्रहरीका अनुसार शुक्रबार मध्यरातमा सुतिरहेकी आमामाथि मुख छोपेर चिच्याउन नदिई जबरजस्ती करणी गरिएको थियो।
बलात्कारमा परेकी आमाले उक्त घटनाबारे छोरीलाई जानकारी गराएकी थिइन् । आरोपितको बहिनीको उजुरीपछि प्रहरीले घटनाबारे जानकारी पाएको थियो। आमालाई बलात्कार गर्ने ती पुरुषले भने आफूले सो बेला मदिरा (रक्सी) सेवन गरेको र आफू हाेसमा नरहेको हुँदा के-के भयो भन्नेबारे केही थाहा नपाएको प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता,प्रहरी निरीक्षक केशवराज बराकोटीले इलाका प्रहरी कार्यालय होलेरीमार्फत हाडनाता करणी अन्तर्गत थप अनुसन्धान भइरहेको जानकारी दिए ।