पाँचथरमा बम विस्फोट दुई बलकको मृत्यु केही घाइते

    

पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको विस्फोटमा परी दुई जना बालिकाको मृत्यु भएको छ। विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिकामध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको बि एण्ड सी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

विस्फोटमा परी ११ वर्षीय दिपशन साँवाको इलाम अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी ११ वर्षीय पवन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । ७ वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

डाडागाउँ भन्ने स्थानमा आइतराज केरुङको घरमा विष्फोट भएको थियो। सुरक्षा निकायले यसलाई ‘होममेड ग्रिनेट’ विस्फोट भएको अनुमान गरेको छ ।

माओवादीको द्वन्दकालमा यो घर सेल्टरको रुपमा प्रयोग भएकाले त्यति बेलाकै ग्रिनेड हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।