काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रभाबशाली युबा नेता लेखनाथ दाहाल (राजन) माथी पार्टीका जिम्मेवार नेताहरुले आर्थिक अनियमितताको गम्भीर आरोप लगाएका छ्न । सिन्धुलीका तत्कालीन जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन) माथि पार्टी कार्यालयको भवन निर्माण गर्दा ठुलो आर्थिक अनियमितता गरेको आरोप लागेको हो ।
माओवादीको जिल्ला समन्वय समिति सिन्धुलीका जिल्ला इन्चार्ज बुद्धिमान माझीको अध्यक्षतामा बसेको बैठकले आर्थिक अनियमितताको गम्भीर आरोप लगाएको छ ।
भवन निर्माणको क्रममा खाता सञ्चालक रहेका गणेश रत्नलाई बोलाएर आय ब्यायको हिसाब गर्न पटक पटक आग्रह गर्दा सुनुवाई नगरी दाहालले उल्टै विभिन्न धाक धम्कि दिएको बताईएको छ । पार्टी श्रोताले रत्नको भनाइको आधारमा भवन निर्माणबाट बाँकी रकम दाहालले करिब ४०-४५ लाख जनसेवा फाउन्डेसनको नाममा जम्मा गरेको बुझिएको छ । उक्त रकम राखिएको जनसेवा फाउन्डेसनको अध्यक्ष दाहाल स्वयमकि श्रीमती दीपा बोहरा दाहाल रहेको कारण आर्थिक हिनामिनाको गम्भीर आरोप बिज्ञप्ति मार्फत लगाईएको छ । राजन सङ्घिय साम्सद हुन उनकी श्रीमती दिपा हाल सुनकोशी गाउँपालिका अध्यक्ष रहेकी छिन ।
स्थानीय व्यापारीलाई धाक धम्की देखाएर उक्त भबन बनाउदा रड, सिमेन्ट, गिट्टी, बालुवा जबर्जस्ति सहयोग गर्न लगाएको ब्याबसायीको आरोप छ । उक्त भवन रहेको कमलामाई नगरपालिका – ६ स्थितिको 12 धुर जग्गा करिब ७० लाखमा किनिएको पार्टीका एक नेता बताए ।
चार तले उक्त भवनमा १४ वटा कोठा, एउटा हल र एक किचन छ । दुई करोड लागतमा बनेको उक्त भवन पार्टी अध्यक्ष प्रचण्डले उद्वघाटन गरेका थिए ।
दाहाल दम्पती दुबै जना तालुकदार ठाँउमा रहेकाले यस्तो गम्भीर विषयको सुनुवाई नभएको कारण बाध्य भएर बिज्ञप्ति निकाल्न बाध्य भएको पार्टी श्रोताले बताएको छ ।
अबको केही दिन सम्म हिसाब किताब पारदर्शी रूपमा पार्टीलाई नबुझाए दाहाल र उनका श्रीमती विरुद्ध भण्डाफोर अभियान सुरु हुने समेत सिन्धुली पार्टी श्रोताले बताएको छ । बिज्ञप्ति सहितको दबाब आएपछी पार्टी अध्यक्ष प्रचण्डले पनि यो विषयलाई गम्भीर रुपमा लिएको कारण दाहाल नैतिक सङ्कटमा परेका छ्न पार्टी श्रोतले भन्यो ।
यो बिज्ञप्ति पार्टीको आधिकारिक दस्तावेज रहेको बन्दै बिज्ञप्तिको विषयमा घनिभुत छ्लफल हुने र पार्टी थप बलियो भएर सङ्गठन निर्माणमा लाग्ने बताईएको छ ।