काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । एउटा टेलिभिजन अन्तरबार्तामा लिपुलेक कालापानी भारतको हो भन्ने विवादास्पद अभिव्यक्ति दिएका चौधरीले आज पार्टीलाई लिखित स्पष्टीकरण बुझाएका हुन् ।
उनको भारत प्रतीको लम्पसार बादपुर्ण अभिव्यक्तिपछि पार्टी महासचिव घनश्याम भुसालले चौधरीलाई स्पष्टीकरण सोधेका थिए ।
उपमहासचिव चौधरीले स्पष्टीकरणका भनेका छन्, ‘मैले त्यो मनसायले भनेको होइन । तत्कालीन परराष्ट मन्त्री केपी ओलीले महाकाली सन्धि गर्दा सीमाना नछुट्याएकाले महाकाली नदीलाई सीमा मानेको छ तर रेखाङ्कन नगरेको हुनाले यो समस्या मैले प्रष्ट पार्न खोजेको थिएँ । यो भारतको भूमि हो भन्न मैले खोजेको होइन । म राष्ट्रियताको बारेमा कहिल्यै सम्झौता पनि गर्दिनँ भनेर पत्र बुझाएका छ्न ।
केपी ओलीसगको पार्टीगत रिसिबी साध्न देशको राष्ट्रियता विरुद्ध धावा बोल्ने चौधरीको चौतर्फी बिरोध जारी छ । खुल्लम खुला सार्बभौमसत्ता विरुद्धको चुनौतीले पार्टीको छबिमा आच आउने पक्का छ ।
उनले अन्तरवार्तामा लिपुलेक र कालापानी भारतले दाबी गर्छ, दाबी पुग्छ भन्ने राष्ट्रियता र सार्बभौमसत्ता विरुद्ध सार्बजनिक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको व्यापक बिरोध पछी अन्तत बोली फेरेका उनलाई पार्टीले कारबाही गर्न नसक्ने स्रोतको दाबी छ । कारबाही गरे कतैबाट धम्की आउने भएकाले त्यो धम्की पार्टीले थेग्न सक्दैन त्यसैले उनलाई कारबाही होइन उन्मुक्ति दिईने बिश्लेशकको भनाई छ ।