एक यातायात चलकको अनुभव हाडिँ गाउँको जात्रा जस्तै हाम्रो देशको सरकार

    
एक यातायात चलकको अनुभव हाडिँ गाउँको जात्रा जस्तै हाम्रो देशको सरकार

अहिले देशको स्थिति राम्रो बन्न सकिराखेको छैन् भनेर ठुुला ठालुले मात्र हैन सर्वसाधारणले पनि भन्न थालेका छन् । आखिर किन त यस्तै सोचिरहेका छन् सडक ड्राईभर सुनिल राइ । तिस बर्से राई ओखल्ढुङ्गा भादौरेका सुनिल यी युवाले मेची देखि महाकालीको यात्रा निरन्तर गरिरहेका छन् । कहिले उकालि चड्छन त कहिले ओरालि झर्छन , कहिले तराई कहिले खोच गरि जिवन यात्राको भविस्य निर्धारण गरिरहेका छन् सुनिल अनि उनले देखेका छन देशको बेथिति । ट्रकका चालकले ट्रकलाईनको पीडा हाम्रा सहकर्मी जेपी फुयालसगं यसरी पोखेका छन ।

– गाडीलाइनमा कती बसन्त पार गर्नु भयो ?

पन्द्र वर्षदेखि यो ब्यवसायमा पौठेजोरी खेल्दै अगाडी वड्दै छु ।ढोकामा बस्नु भयो कि सीधै चलाउन थाल्नु भयो ?

-ढोकामा एक वर्ष वसे त्सपछि चालकको सिटमा वसिरहेको छु ।कस्तो लागिरहेको छ ट्रक चलाउदा पहिले र अहिले ?
पहिले रहरले यो पेसामा लागियो अहिले बाध्य भएर चलाईरहेको छु ।

-किन तेस्तो भयो नि पहिले र अहिले ?
सरकारले कहिले तेह्र प्रतिशत भ्याट लगाउछु भन्छ कहिले के भन्छ् । सरकारले जतिसक्दो दु ख दिने गर्छ ।

-किन तेस्तो सरकार त समृद्व नेपाल निर्माणको अभियानमा अघी वडिरहेको छ नी ?
देश माउ नभएको चल्लाजस्तो भएको छ । घरमा बाबु नभएको छोराजस्तो भएको छ । यस्तो सरकारलाई कसरि अभिभावक भन्ने । जे जे गर्न सक्छौ गरौं भनेर सरकार लागिरहेको छ । त्यसैले पशुपति शर्माले भनेका रहेछन् लुट्न सके लुट कान्छा धन्यवाद पशुपति ।

-बिकासे कामलाई निरन्तर जोड दिदै आइरहेको छ सरकार, तपाई किन सरकारप्रति रुष्ट हुनुहुन्छ नि ?
बसेर बोले कसैले सुन्दैन ? उठेर बोले हावाले उडाउँछ ? सरकारले खानाको भाग खोसेको छ । साहुलाई यदि कमाएर दियो भने उ खुसि हुन्छ । नत्र उसले पनि काम दिदैन ? मान्छे मारे दश वर्ष जेल जानुपर्ने । अनि हामिले तिरेको करले सरकारले हामिलाई के दिने । केहि दिनु नपर्ने सुविधा ? काहि नभाको जात्रा हाडिँ गाउँमा जस्तै छ । हाम्रो देशको निति नियम कहिले सुखले सास फेर्न पाइएला ? काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर भन्थे बुढापाकाले त्यस्तै भैरहेको छ ।

-सरकारलाई किन आवाज उठाउनु हुन्न सरकारको कमजोरि छ भन्ने लागिरहदा ?
एक त सरकार आफैमा कमजोरी छ । जसले आफ्ना जनताका वारेमा सोच्नु पर्दैन ? हुनत हामी मजदुरहरुमा मेलमिलाव छैन् । हामिविच एकरुपता नभएकाले सरकारले जे मन लाग्यो तेहि गरिरहेको छ ।

-ड्राईभरको मज्जा घुम्न पाउनु भन्छन नि के रहेछ ड्राइभरको जिन्दगी ?
मेचीदेखि महाकालीसम्म घुमिरहेको छु । सवै जसो ठाउँमा पुगेको छु । ड्र्राभरको मज्जा घुम्न पाउनु नै हो जस्तो लाग्छ ।

-ट्रक ड्राइभरको जिन्दगी त मस्तीमा वित्छ भन्छन कसैकसैले ? ट्रक यमराज हो भन्छन तपाइलाइ कस्तो लाग्छ ?
ड्राइभरको जिन्दगी कर्कलाको पानी हो । त्यो त बाबु बाजेको पालामा हो । खानामा मिठो हिड्नमा छिटो मरेपछि धुलोपीठो यस्तै हो ड्राइभरको जिन्दगी । जस्तो यमराजको कुरा गर्दा जानीजानी कुनै ड्राइभरले मान्छे हान्दैन । अव मान्छेले के भन्छन् भन्नेतिर नजानु नै राम्रो ।

-सात कक्षा पढ्दा पढ्दै वीचैमा पढाईलाइ विट मारेर ड्राइभर वन्नतिर लाग्नु भएछ कतै पछुतो लागेको छैन ? भोलिको सोच के छ ?
वास्तवमा अहिले आएर पछुतो लाग्छ । अलि वडी पढेको भए केही हुन्थ्यो कि तर सम्हाल्छु आफैलाई पन्द्र सोह्र वर्ष यहि पेशामा लागियो । गाडी चलाइयो घर ब्यवहार चलेकै छ । खान पाइएकै छ पछुतो किन मान्नु । भोली जे आउछ तेहिटर्ला भगवान भरोसा ।