देशभर एकै पटक एक सय ४३ डिएसपीको सरुवा

    
देशभर एकै पटक एक सय ४३ डिएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयले हिजो एकै पटक देशभर एक सय ४३ डिएसपीको सरुवा गरेको छ । काठमाडौ उपत्यकाका ८ वृत्तका डिएसपी पनि फेरिएका छन् । एक वर्ष अवधि पुगेका डिएसपीहरुको सरुवा भएको हो ।

काठमाडौ उपत्यका स्थित दरबारमार्ग वृत्तमा राजकुमार श्रेष्ठ, बौद्धमा जयश्वर रिमाल, गौशालामा सुकदेव खनाल, स्वयम्भुमा उद्धवसिंह भाट, बालाजुमा दानबहादुर थापा, बानेश्वरमा बीरेन्द्र गोदार, जगातीमा रमेश पाल, मालीगाउँमा सुनिलजंग शाहलाई पठाइएको छ । काठमाडौका अन्य वृत्तमा पुरानै डिएसपी कार्यरत छन ।