जिल्ला अदालत कास्कीद्वारा रबि लामिछानेलाई पक्राउको अनुमानि

    
जिल्ला अदालत कास्कीद्वारा रबि लामिछानेलाई पक्राउको अनुमानि

काठमाडौं – पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछाने लाई पक्राउ गर्ने अनुमति कास्की प्रहरीलाई दिएको हो । उनलाई पक्राउ गर्ने तयारी गरिएको छ ।
सहकारी संस्थाका बचत अपचलनमा संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक समेत रहिसकेका लामिछाने लाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । आजै सोहि प्रकरणमा जोडिएका पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ गरिएको थियो । उनलाई पक्राउ गर्न प्रहरीको टोली तयारी अबस्थामा छ ।