काठमाडौ । नेकपा माओवादी केन्द्र ओखलढुंगामा पार्टी भित्र बिद्रोह गर्ने चेतावनी आईरहेता पनि जिल्ला नेतृत्व गम्भीर नभएको गुनासो छ । पार्टीको सिद्विचरण नगरपालिका लगायतबाट ठुलो बिद्रोह हुने संभावना छ तर पार्टीका जिम्मेवार नेताको गैरजिम्मेवार मानसिकताले अन्य स्थानीय तहमा समेत असर पुग्ने देखिन्छ स्रोतले भन्यो ।
बिद्रोह र पार्टी परित्याग गर्ने रहरले होइन बाध्यताले हो भन्दै अब माओवादी भित्रबाट राजनीति उपलब्धिको आशा हरायो त्यसैले संभावना बोकेका दलमा जानू आवस्यकता हो ।
बिद्रोह गर्ने पक्ष र नेकपा एमाले ओखलढुंगाको बिचमा समझदारी बनिसकेको दाबी छ । बिषेश गरेर माओवादी केन्द्रका प्रदेश र गाउँपालिकाका प्रमुख रहेका जनप्रतिनिधि सग कार्यकर्ताको आक्रोश बढी छ ।
उता माधब नेपालले नेतृत्व गरेको एकीकृत समाजबादीको ओखलढुंगा नेतृत्वलाई पनि एमालेमा भित्र्याउन छ्लफल अगाडी बढेको समाचार छ ।