युबराज पहाडी
काठमाडौं । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघले पाँच लाख नयाँ साधारण सदस्यता बितरण गर्ने भएको छ ।
देशभर आदिबासी जनजाती महासंघ र कांग्रेसको पाँच लाख साधारण सदस्यता बितरण गर्न प्रत्येक जिल्लामा प्रतिनिधी पठाउन हिजोको केन्द्रिय समिती बैठकले निर्णय गरेको महासंघका महामन्त्री मनहरी श्रेष्ठले जानकारी दिए ।
नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा सम्पन्न भएको दुई दिने केन्द्रिय समिति बैठकले यस्तो निर्णय गरेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आदिबासी जनजातीहरुको बिबरण सङ्कलन, प्रत्येक जिल्लाका शहिद परिवार्, जनाअन्दोलनका घाइते, द्वन्दकालका बिस्थापितहरुको बिबरण, सदस्यता बितरण सम्पन्न गरेर प्रशिक्षण कार्यक्रम शुरु गरिने छ । गत असारमा सम्पन्न महाधिबेशनपछि महासंघको पहिलो केन्द्रिय समिति बैठक बसेको हो ।