काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले आफ्नो पार्टीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई अपमान गरिएको र याे विगतमा भएका सहमति सम्झौता तथा संविधानको मूल मर्मविपरीत रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै धारणा राख्दै उनले विगतको सहमति तथा सम्झौता विपरीत सांसदहरूले शब्द प्रयोग गरेको बताए । ‘जनयुद्ध’ले उठाएको एजेण्डाका आधारमा मुलुक आजको दिनमा आइपुगेको स्पष्ट पार्दै उनले गलत भाष्य स्थापित नगर्न ध्यानाकर्षण गराए ।