मोरङको रतुवामाई नगरपालिका ६ का एमालेबाट निर्बाचित वडाध्यक्ष लुइँटेल नागरिता किर्ते गरि भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर

    
मोरङको रतुवामाई नगरपालिका ६ का एमालेबाट निर्बाचित वडाध्यक्ष लुइँटेल नागरिता किर्ते गरि भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर

युबराज पहाडी
काठमाडौं । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुइँटेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।नागरिकता लगायतका सरकारी कागजात सच्याइ सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही महिना अगाडी दायर गरेको मुद्दामा विशेष अदालतले वडाध्यक्ष लुइँटेललाई दोषी ठहर गरेको हो ।
स्थानिय मेघराज पोखरेलकी श्रीमति तुलसा देबीको नागरितामा जन्म मिति सच्याएको प्रतिलिपी बनाई एक लाख 44 हजार सामाजिक सुरक्षा भत्ता लिएको जस्ता गैर कानुनी काम गरेको मुद्वामा उल्लेख छ ।
वडाध्यक्ष लुइँटेल स्यमले २०७५ सालको पहिलो कार्यकालमा आफ्नी श्रीमती भक्तकुमारीको नागरिकता प्रतिलिपिको विवरण किर्ते गरी सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गरेको ठहर समेत विशेष अदालतले गरेको छ ।
भ्रष्टाचार निवारण ऐन २०६९ को दफा ९ र दफा १७ बमोजिम ९ महिना कैद र जरिवाना तोकेको छ । गलत लिखत तयार गरेकोमा दफा ९ बमोजिम १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैदका साथै सार्वजनिक सम्पतिको हानि नोक्सानी गरेको कसुरमा सोही ऐनको दफा १७ को व्यवस्था बमोजिम थप १ लाख ६० हजार रुपैयाँ जरिवाना र थप ६ महिना कैद सजाय सुनाइएको हो ।
अख्तियारले श्रीमतीको उमेर बढाई नागरिकताको प्रतिलिपि लिन सिफारिस गर्ने वडाध्यक्ष लुइँटेल, मेघदीप पोख्रेल र तुलसादेवी तथा तत्कालीन वडा सचिव कल्पना बास्तोला र इलाका प्रशासन कार्यालय मोरङका तत्कालीन नायब सुब्बा रमेश कोइरालाविरुद्व विशेष अदालतममा मुद्दा दायर गरेको थियो ।
यो मुद्दामा कर्मचारीहरुले भने सफाइ पाएका छन् । दोषी ठहर भएका वडाध्यक्ष लुइँटेल नेकपा एमालेबाट दोस्रो कार्यकालका लागि मोरङको रतुवामाई नगरपालिकाको वडा नं. ६ का निर्वाचित वडाध्यक्ष हुन् । यसैगरी मेघदीप पोखरेल स्थानीय एमाले नेता हुन् ।