सोलुखुम्बु बाढीको त्रासादी : एक जना बेपत्ता, करोडौंको पशु चौपाया र भौतिकको क्षेतिको आकलन !

    
सोलुखुम्बु बाढीको त्रासादी : एक जना बेपत्ता, करोडौंको पशु चौपाया  र भौतिकको क्षेतिको आकलन !

सोलुखुम्बु सम्बादाता । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले एक जना बेपत्ता छ्न भने करिब दुई दर्जन  घर बगाएको छ । बेपत्ताको खोजी कार्य जारी छ  ।   केही घर जोखिममा छ्न भने चौपाया र अन्य धन सम्पती के कति क्षेती भएको अहिले सम्म एकिन तथ्यांक प्राप्त नभएको  सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

समाचार श्रोतका अनुसार यो बाढीबाट करोडौंको क्षती भएको आकलन गर्न सकिन्छ एक प्रहरी अधिकारीले उल्लेख गरेका छ्न ।  धामे क्षेत्र आस पासका करिब  पाँच सय जना ब्यक्तिलाई सुरक्षीत स्थानमा सारिएको प्रहरीले बताएको छ । खाने र बस्ने ब्यबस्था पासाङल्यामु गाउँपालिकाले गरेको गाउँपालिका श्रोतले बताएको छ ।

नेपाली  सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र सर्बसाधारणको उद्वार कार्य  रात परेकोले आज स्थगित भएको समेत प्रहरीले बताएको छ ।  बिस्थापितको राहतमा सम्पुर्ण शक्ति परिचालन  गरिएको प्रहरी प्रमुख घिमिरेले जानकारी दिएका छ्न । करिब सय जना सुरक्षाकर्मी परिचालन गरिएको बताईएको छ ।