ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका- २ को सक्सेस युथ क्लबले हिजो देखि आयोजना गरेको तेस्रो भलिबल प्रतियोगिता सम्पन्न भएको छ । आज सम्पन्न भएको प्रतियोगितामा लुकुवा आरुभञ्ज्याङ टारखण्ड युबा क्लबले उपाधी जितेको छ । उसले आयोजक सक्सेस युथ क्लबलाई सोझो सेटमा हराउदै उपाधी जितेको हो ।
प्रतियोगिता आयोजक सक्सेस युबा क्लब ए दोस्रो र सक्सेस युवा क्लबको अर्को बी टिम तेस्रो भएको आयोजक सक्सेस युथ क्लबका सचीव निलहरी लुइँटेलले बताए । प्रतियोगितामा पहिलो हुनेले ३० हजार नगद ट्रफी सहित प्रमाणपत्र दोस्रोले १५ हजार नगद ट्रफी सहित प्रमाणपत्र र तेस्रोले ५ हजार नगद ट्रफी सहित प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष बिपिन लुइँटेलले जानकारी दिएका छन ।
जारी प्रतियोगितामा विभिन्न बिधामा उत्कृष्ट हुनेले समेत पुरस्कार प्राप्त गरेका छन । विभिन्न ७ वटा टोलीले प्रतियोगितामा भाग लिएको आयोजकले दाबी गरेको छ ।
प्रतियोगिताको समापन समारोहमा नेपाली काङ्ग्रेसका कोशी प्रदेश सदस्य, ओखलढुंगाका महाधिवेशन प्रतिनिधि कुमार लुइँटेल, सुनकोशी गाउँपालिका- १ का अध्यक्ष प्रकाश सापकोटा, सुनकोशी माध्यामिक बिध्यालयका प्रधानाध्यापक तारानाथ पहाडी, चम्पादेबी गाउँपालिका तरुण दल अध्यक्ष गगन श्रेष्ठ लगायतको उपस्थिति रहेको स्थानीय शिक्षक शङ्कर पहाडीले बताए ।