ओखलढुंङ्गे राजनीतिको कोल्याप्स जिरो प्वाइन्ट: खरानीबाट निर्वाचनको अग्निपरीक्षामा उठौ !

    
ओखलढुंङ्गे राजनीतिको कोल्याप्स जिरो प्वाइन्ट: खरानीबाट निर्वाचनको अग्निपरीक्षामा उठौ !
  • नयाँ पार्टी सहित जेनजीको रोजाईमा पत्रकार पनि

काठमाडौ । नेपालीहरुको महान पर्व  बडादशैको टीका सकिएपछि निर्वाचन केन्द्रित बहस हुन थालेको छ । जेनजी आन्दोलनले बिघटित प्रतिनिधि सभाको नयाँ निर्वाचन आगामी फागुन २१ मा तोकिएको छ । तोकिएको मितिमा निर्वाचन हुने नहुने अन्योल बढीरहदा ओखलढुंगामा निर्वाचन केन्द्रित बहस राजनीति दल भित्र र बाहिर समेत चलिरहेको छ ।

नेपाली काङ्ग्रेस, एमाले, माओवादी, रास्वपा र जेनजी पुस्ताका नेता आफ्नो आफ्नो तयारीमा लागेका छन । नेपाली काङ्ग्रेस भित्र रामहरि खतिवडा, तेजेन्द्र खनाल, नबराज केसी, कमल तामाङ कुमार लुइँटेल, बालकृष्ण दाहाल, गोमा केसी, बाला अधिकारी, रुद्र अधिकारी, ज्ञानेन्द्र रुम्दाली, अशोक कार्की, बुद्व लामा,  नवीन राई लगाएतको मौनताले कार्यकर्तामा अन्योल छाएको छ ।

काङ्ग्रेसका हरि दाहाल, अजय लईटेल, बेद बहादुर रोक्का, राजन सुवेदी, गोबिन्द पौडेल, सबिता राई, लिला दाहालको पङ्ती पनि आफुभन्दा उपल्लो नेताको तयारी पछि धारणा बनाउने खेलमा लागेका छन । काङ्ग्रेस भित्र हरेक नेताको `रहस्यमय मौनता´ भित्रको तरङ्ग रामहरि खतिवडाले अब कुन बाटो तय गर्छन भन्नेमा केन्द्रित छ ।

एमाले भित्र यज्ञराज सुनुवार, सिताराम गुरुङ, मोहन श्रेष्ठ, जिबी खड्काको निर्णय के हुने भन्ने बहस चलिरहेको छ । दोस्रो पुस्ताका  नानिबाबु बुढाथोकी, उत्तम राई, जालान्धर (कुमार) कार्की, मिलन बिष्ट लगायत एमालेको युबा शक्ति पर्ख र हेरको अबस्थामा छन ।

माओवादीमा चम्पा कार्की बाहेकको संभावना देखिदैन । माओवादीका दोस्रो तहका बाबुराम गौतम, झलकमान तामाङ, सानू तामाङ, निशान्त शर्मा, रुपेश श्रेष्ठ लगायत  नेताको रुचि स्थानीय तह तिर हुदा संसदीय निर्वाचन उनिहरुको प्राथमिकता होइन ।

रास्वपाले ओखलढुंगाको पछिल्लो राजनीति आफू तिर तान्न मेहनत गरिरहेको छ । अबकाश प्राप्त सेना, प्रहरी र कर्मचारीसग उसले छलफल जारी राखेको छ । नेता कृष्ण थापाले राम्रो छाप बनाएका, सामाजिक, राजनीति रुपमा परिचित केही मान्छेसग निरन्तर छलफल गरिरहेका छन । उनले जेनजीको आन्दोलनले पार्टी चुनाव जित्ने अबस्थामा पुगेको भन्दै काङ्ग्रेस, एमालेका नेतालाई रास्वपाको  नेतृत्वमा ल्याउन प्रयास गरिरहेका छन ।

जेनजी आन्दोलनले ओखलढुंगाको राजनीतिमा चुनावी परिणाम नै परिबर्तन गर्न सक्ने युबाको बिकास अहिले सम्म  गरि सकेको छैन तर केही जेनजी युबाले निर्वाचन फेस गर्ने बताईरहेका छन । बालेन र कुलमान घिसिङ वा अन्य जेनजी समुह मिलेर पार्टी दर्ता गरे ओखलढुंगाको निर्वाचनमा फेरबदल आउनेसम्मको आकलन भएको छ ।

पत्रकारीता मार्फत सामाजिक अभियानमा लागेका बाला अधिकारी, लाक्पा शेर्पा, बिनुमाया राई, टेक बहादुर खड्का, जीवन शर्मा, युबराज पहाडी, शिव ढुंगाना, राजकुमार कार्की, लिला सुनुवार, देब कुमार दाहाल  लगायतका पत्रकारसग पनि केही समुहले छलफल गरिरहेका छन ।  बाला अधिकारी धेरै जेनजीको रोजाइमा परेकी छिन । जेनजीका केही पात्रले बौद्धिक बर्गका  खिला सापकोटा, प्रकाश राईको नाम समेत हाईलाईटमा ल्याएका छन । पछिल्ला घटनाक्रम बारे सुनकोशी सन्देश नेटवर्कसग धेरै पटक जिज्ञासा र छलफल समेत भएको छ ।

धेरै अड्कल बाजी नेता केन्द्रित बहसको निष्कर्ष  ओखलढुंगाको ग्रासरुट (भोटबैंक) नेपाली काङ्ग्रेसमा रामहरि खतिवडाको पक्षमा रहेकाले घोषित निर्वाचनको उम्मेदवार उनी हुन्छन कि हुदैनन भन्ने धेरै मास अन्योलमा बसेको छ । उनको संभावनाबारे गाउँगाउँमा बहस जारी  रहेको स्रोतहरुले बताएका छन ।

सुनकोशी सन्देश नेटवर्कसगको विभिन्न कुराकानीमा केही जेनजी युबा (हाल नाम नखुलाउने सर्त) र पार्टी भित्रका दर्जन नेताले उम्मेदवार हुन चाहेको बताईसकेका छन । ओखलढुंगाका हरेक नेताले जेनजी आन्दोलनको मर्म र भाावना बमोजिम अगाडी बढ्न चाहेको सङ्केत गरेका हुन ।

सुनकोशी मिडिया नेटवर्कले जेनजी आन्दोलन र ओखलढुंगाको संभाबित उम्मेदवारबारे चासो राख्नेको नाम आगामी दिनमा बहसमा ल्याउने प्रयास गर्ने छ । पार्टीमा लागेका जुनसुकै तहका नेता मात्र होईन  हरेक नागरिक कुनै अभियानसग जोडिन सके स्थानीय तह, प्रदेश र केन्द्रका दर्जन भन्दा बढी राजनीतिक अबसर नयाँ  ब्यक्तिले पाउने पक्का छ ।